काठमाडौं । घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी र उहाँकी आमालाई थप उपचारको लागि भारतको मुम्बइ लैजाने तयारी भैरहेको छ ।
गएराति करिव १० बजेतिर घर काठमाडौंको बुद्धनगरमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उहाँकी ८६ वर्षीया आमा घाइते हुनुभएको हो ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार संभव नभएपछि डा. भण्डारी र उहाँकी आमालाई थप उपचारको लागि भारतको मुम्बइ लैजाने तयारी गरेका छन् ।