काठमाडौं । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसमा सांसद चन्द्र भण्डारीसहित उनकी आमा गम्भीर घाइते भएकी छन् ।
उनको निजी निवास काठमाडौंको नयाँ वानेश्वर बुद्धनगरमा गएराति भएको विस्फोटमा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा गम्भीर घाइते भएकी हुन् ।
उनीहरु ग्याँस विस्फोटमा परेको र उनीहरु दुवै जनाको हाल कीर्तिपूरस्थित बर्न सेन्टर उपचार भइरहेको जनाइएको छ । काँग्रेस महामन्त्री महामन्त्री विश्वप्रकाश शर्माले आफू बुधबार राति नै कीर्तिपूर अस्पताल पुगेर भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बुझेको सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।
चिकित्सकका अनुसार चन्द्र भण्डारीको शरीरको केही भाग जलेको भने उनकी आमाको भने करिब ७० प्रतिशत शरीर जलेको बताएका छन् ।
भण्डारी गुल्मी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।