
काठमाडौँ । चर्चित टेलीश्रृङ्खला ‘कान्छी’ र ‘भुन्टी’की अभिनेत्री आशा खड्काले विवाह गरेकी छन् ।आशाले टेलिश्रृङ्खला कान्छीमा उनको श्रीमान बनेर अभिनय गरेका अभिनेता सागर गौतमसँग विवाह गरेकी हुन् ।
उनीहरूले लामो समयदेखिको प्रेम सम्बन्धलनाई विवाहमा परिणत गरेका हुन् । पर्दामा लोकप्रिय बनेको यो जाडीले वास्तविकतामा भने सुटुक्क विवाह गरेका छन् । उनीहरूले आफन्त र साथीभाइ र परिवारकाबीच विवाह गरेका हुन् । आशाले उक्त कुराको जानकारी सामाजिक सञ्जालमार्फत बुधबार दिएकी छन् ।
आशाले कलाकारको रुपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैँ माया गरेको र दर्शकले नै चाहेको मान्छेसँग आफूले विवाह गरेको बताएकी छन् ।

