KhabarUjyalo

स्कटल्यान्डले नामिबियालाई १० विकेटले हरायो

३ फाल्गुन २०७९, बुधबार
स्कटल्यान्डले नामिबियालाई १० विकेटले हरायो

काठमाडाैँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले दिएको एक सय ५४ रनको लक्ष्य स्कटल्यान्डले २२ ओभर १ बलमा कुनै पनि विकेट नगुमाई भेटायो । उसका जर्ज मुन्शेले १ सय ३ र केल कोट्जरले ४६ रन बनाए । 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ३९ ओभर २ बलमा १ सय ५३ रनमा अलआउट भयो । नामिबियाका लोह्यान्ड्रे लरेन्सले ५४ र बेर्नाड स्कोल्टेजले ३० रन बनाए । स्कटल्यान्डका मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए । 

हिजो मङ्गलवार भएको खेलमा नामिबिया घरेलु टोली नेपालसँग पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । 

आजको जितसँगै स्कटल्यान्ड ३३ खेलमा ४८ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । नामिबिया ३२ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । नेपालले आउँदो शुक्रवार स्कटल्यान्डसँग, शनिवार नामिबियासँग र मङ्गलवार फेरि स्कटल्यान्डसँग खेल्नेछ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo