KhabarUjyalo

राप्ती नदीमा डुबेर एकजनाको मृत्यु

३ फाल्गुन २०७९, बुधबार
राप्ती नदीमा डुबेर एकजनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७, बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

न्यौपानेको शव आज बिहान १०ः३० बजे नदीमा डुबेको अवस्थामा माझीहरुले देखेका थिए । घटनाका बारेमा इलाका प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु गरेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

 उनका अनुसार शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।
 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo