KhabarUjyalo

रवि लामिछानेको राहदानीबारे जाहेरी सरकारी वकिलको कार्यालयले अघि नबढाउने

३ फाल्गुन २०७९, बुधबार
रवि लामिछानेको राहदानीबारे जाहेरी सरकारी वकिलको कार्यालयले अघि नबढाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी सम्बन्धी जाहेरी जिल्ला सरकारी वकिालको कार्यालयले अघि नबढाउने भएको छ ।

कार्यालय प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणी नेउपानेका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसनधान अघि बढाइसकेको जानकारी दिए । ‘प्रहरीले सर्वोच्च अदालतलाई लेखेको निवेदनमा यसबारे अनुसन्धान भइरहेको जानकारी गराएको देखियो । त्यसकारण हामीले यसमा केही पनि गर्नु नपर्ने देखिएको हो,’ उनले भने ।

लामिछानेले झुटो विवरणका आधारमा राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । त्यतिबेला प्रहरीले अदालतबाट उनीविरूद्धको नागरिकता सम्बन्धी मुद्दाको पूर्णपाठ नआइसकेको कारण देखाउँदै पौडेलको जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

हाल प्रहरीले छानविन गरिरहेको विषय भएका कारण तत्कालका सरकारी वकिलको कार्यालयले केही गर्नु नपर्ने भएको नेउपानेले बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo