KhabarUjyalo

बाँकेमा ५ लाखभन्दा धेरै नक्कली नोटसहित तीन जना पक्राउ

३ फाल्गुन २०७९, बुधबार
बाँकेमा ५ लाखभन्दा धेरै नक्कली नोटसहित तीन जना पक्राउ

नेपालगञ्ज ।  बाँकेको नेपालगञ्जबाट  ५ लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्युरोडबाट उनीहरूलाई पक्राउ गरेको हो ।

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् ।

उनीहरूको साथबाट प्रहरीले एक हजारका नक्कली नोट ५ सय ६९ थान बरामद गरेको छ । रानाकाे साथबाट चार सय १८ थान नक्कली नेपाली १ हजारको नोट र कुमाइको साथबाट १ सय ५१ थान नेपाली एक हजारको नक्कली नोट बरामद गरिएको छ ।

नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनै जनालाई मङ्गलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।  

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo