चितवन । जिल्लाका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका डा .प्रभात न्यौपानेका अनुसार जिल्लामा रहेका सातै पालिकामा रहेका भेडाबाख्राहरुमा खोप दिन लागिएको हो । सोमबारदेखि सुरु भएको खोप अभियान एक सातासम्म चल्नेछ ।
बाख्रामा देखिने श्वासप्रश्वासको समस्या समाधानका लागि यो खोप दिने गरिएको उनले बताए । केन्द्रले निःशुल्क खोप उपलब्ध गराउँदै आएको छ । पिपिआर भेडाबाख्रामा विषाणुको कारण हुने महामारी रोग हो ।
नेपालमा आर्थिक वर्ष २०५०/५१ सालमा पहिलो पटक देखापरी त्यसपश्चात् यस रोगको प्रभावले ठूलो क्षति बेहोर्नु परेको थियो । यो रोगबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न आव २०५८/५४ देखि खोप सेवा सञ्चालन हुँदै आएको उनले जानकारी दिए ।
रोगी भेडाबाख्राको प्रत्यक्ष सम्पर्कमा आउनाले वा विषाणुको लसपस भएको दाना, घाँसपात, सोत्तर, हेरचाह गर्ने व्यक्तिको माध्यमबाट सर्ने गर्दछ । यो रोग लागेका बाख्रा वा भेडामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँसपात नखाने र उग्राउन छाड्ने जस्ता लक्षण देखापर्ने न्यौपानेले बताए ।
उनका अनुसार आँखामा कचेरा लाग्ने, नाकबाट बाक्लो सिङ्गान बग्ने, गिजा र मुखभित्र घाउहरु देखिने, बथानमा एकैपटक धेरै बिरामी पर्ने जस्ता लक्षण देखिने गरेको छ ।
रोगबाट बचाउन कृषकहरुले बाहिरबाट ल्याएका भेडाबाख्रालाई कम्तीमा पनि १० दिनसम्म घरगोठमा रहेका पशुवस्तु नमिसाई अलग्गै राख्ने, त्यस अवधिमा रोगका कुनै लक्षण नदेखिएमा मात्र बथानमा मिसाउने, रोगी पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार नगर्ने गर्न उहाँको सुझाव छ ।
उनले रोगी भेडाख्रालाको हेरचाह गर्ने व्यक्ति अन्य स्वस्थ्य भेडाख्राबाको हेरचाह गर्नु पर्दा हातखुट्टा धोएर तथा लुगा कपडा, जुत्ता, चप्पल फेरेर मात्र गर्ने, भेडाबाख्रालाई हरेक तीनरतीन वर्षमा अनिवार्य रूपमा पिपिआर खोप लगाउन, जैविक सुरक्षा कडाइका साथ अवलम्बन गर्नुपर्ने पनि सुझाव दिए।खोप अभियानमा छुटेका भेडाबाख्रालाई अभियानपछि समेत खोप दिइने उनले जानकारी दिए ।
Chitwan. One lakh 37 thousand sheep and goats of the district have been vaccinated against PPR disease. According to Dr. Prabhat Neupane of Veterinary Hospital and Animal Services Expert Center, Bharatpur, the sheep and goats in the seven municipalities in the district are about to be vaccinated. The vaccination campaign, which started on Monday, will continue for a week.
He said that this vaccine was given to solve respiratory problems in goats. The center has been providing free vaccinations. PPR is an epidemic disease caused by a virus in sheep and goats.
After its first appearance in the fiscal year 2050/51 in Nepal, the effect of this disease had to suffer huge losses. He informed that the vaccination service has been running since the year 2058/54 to minimize the possible damage caused by this disease.
It is transmitted by coming into direct contact with infected sheep and goats, or through infected pus, grass clippings, whips, and caretakers. Neupane said that goats or sheep infected with this disease show symptoms such as fever, drooling, dry mouth, not eating grass and stop fighting.
According to him, there are symptoms such as pus in the eyes, thick snot from the nose, sores in the gums and inside the mouth, many diseases in the herd at the same time.
In order to avoid the disease, he suggested that the sheep and goats brought in by the farmers should be kept in isolation for at least 10 days without mixing with the animals in the house, and only if no symptoms of the disease are seen during that period, they should be mixed with the herd, and the diseased animals should not be transported from one place to another.
He also suggested that the person taking care of sick sheep should only wash hands and feet and change clothes, shoes, and slippers when taking care of other healthy sheep, that sheep and goats should be vaccinated against PPR every three to three years, and biosecurity should be strictly followed. He informed that vaccination will also be given.