KhabarUjyalo

काठमाडौं उपत्यकाको सार्वजनिक सवारी बन्द फिर्ता Public transport in Kathmandu valley has been closed

२ फाल्गुन २०७९, मंगलवार
काठमाडौं उपत्यकाको सार्वजनिक सवारी बन्द फिर्ता Public transport in Kathmandu valley has been closed

 काठमाडौं । यातायात मजदुरले काठमाडौं उपत्यकामा गरेको सार्वजनिक सवारी बन्द फिर्ता लिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री नारायणकाजी श्रेष्ठसहितका सरकारी प्रतिनिधिसँग भएको वार्ताको क्रममा आफूहरूको माग सम्बोधन गर्न सरकार सकारात्मक भएकाले सवारी बन्द फिर्ता लिइएको नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

‘मजदुरलाई हातपात गर्ने ल्होत्से कम्पनीका प्रबन्धक सुनिल कुँवर, पंकज मल्ललाई गिरफ्तार गरेर कारबाही गर्ने । यातायात मजदुरले उठाएको माग र कानून संशोधनका मुद्दालाई यातायात क्षेत्र सुधार कार्यदलले सम्बोधन गर्ने, आज बन्दको क्रममा पक्राउ गरिएका मजदुरलाई तत्काल रिहाई गर्ने सहमति भएको छ’, राईले जानकारी दिए ।

उनका अनुसार अहिले सम्झौताको पत्र तयार भइरहेको छ ।

Kathmandu. Transport workers have withdrawn the ban on public transport in Kathmandu Valley.

Bhimjwala Rai, president of Nepal Independent Transport Workers’ Organization, said that the traffic ban was withdrawn as the government was positive to address their demands during the talks with government representatives including Minister Narayankaji Shrestha at the Ministry of Physical Infrastructure and Transport.

The managers of Lhotse Company, Sunil Kunwar, Pankaj Malla, who abused the workers, should be arrested and punished. It has been agreed that the demands raised by the transport workers and the law amendment issue will be addressed by the transport sector reform working group, and the workers arrested during the strike today will be released immediately, Rai informed.

According to him, the letter of agreement is being prepared now.

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo