दिनहुुँ बोलिरहु जस्तो लाग्ने
एउटा प्रीय मान्छे ,
जसो थाहा पाए
म बाट यथार्थमा धेरै ताढा रहेछ!
कुन रसायन थियो होला
बेसकन हामिलाइ जोडिरहने
म सङ्ग कौतुहलता बाहेक अरु उत्तर थिएन
आफुलाइ नै प्रश्न गर्न मन लाग्यो
कुनै गाठो किन यत्तिकै कस्सिन्छ?
सायद दुईतिरको बल उत्तिकै भएर न !
अब भन्छु : आखाको दृश्यमा कैद
उडिरहेको पुतलीको कथाहरु
यथार्थमा समिपमा त हैन, तर
अनुभवले अङ्गालोमै रहेका कथाहरु
अनि सुगन्धमा लोभिएका सुन्दर पुतली
सुगन्ध बोकि फर्किने मेरा आशाहरु
अचम्म लाग्छ मेरो आश पनि
दियो को प्रकाश जस्तै
उज्यालो त छ सङ्गै खाक पनि
म उज्यालोमा खुशी छु ! या खाक मा!
मेरा अन्तरमनका ब्यथाहरु।
सजग भएर फुलाएको बैलुन
जब उमंग भावले
आकाशै आफ्नो गरि उडिबस्छ!
हावाको तालमा नाच्दै जिस्किदै
पुग्छ, धेरै ताढा!
विलीन हुन्छ ,एक्कासि !
अनि झल्किन्छ , आखामा निलो आकाश
मलाई आकाशले स्वागत गरेको हो या
बैलुनले बिदाइ !
जे होस, बिदाइ पनि नया सोच ले अन्त्य भएछ ।
कस्सिएर बसेको ,
सम्बन्धको गाठो पनि यस्तै भएछ!
सम्बन्ध बनाउनेहरु बिलिन हुँदै गएछन
सम्बन्धको बाचाहरु चाहिँ अलपत्र !
पटकपटक कोमल मनले
आफैलाइ टुक्राटुक्रा पारे जस्तो
के के बाध्यता होलान् तिमिसङ्ग
म बाट बिलाइजानुमा
रितुहरुनै फेरिरहने प्रकृति जस्तै
तिम्रो नजर फेरिएको पनि त हुनसक्छ
जब कुनै मान्छे ,
तिम्रा लागि आज योग्य छैन !
तिमी ब्यर्थ, “भोलि” साबित गर्दै बस्छौं ?
तिम्रा नकोरिएका चाहनाहरुमा
आफैलाइ अल्झाएर बस्छौ ?
पर्खाइमा कसरी बस्थे होला !
म तयार छैन त्यो गन्तव्यको लागि
जहाँ म बाचेर फर्किएको छु
विलीन हुन मन थ्यो, तिमिमै
मेरा चाहनाहरु समय भन्दा माथी रहेनन् !
मलाइ मिठो लाग्दैन
सपनाहरू , जहाँ निराशा छाइरहन्छ
छैन म सङ्ग सामर्थ्य
लडेर, फेरि -फेरि उठिरहन,
छल गर्न मन छैन, कहिल्यै
भन्न मन छ अब,
आखाको आँसु सङ्गै
सङ्गालेर राखिबस्नेछु सम्बन्धका चिनारीहरु
अङ्गाल्नेछु म हुनुको अर्थ अनि अस्तित्व !
परिचित हुन मन छैन, “नयाँ” तिमि सङ्ग
मलाई “पुरानो” तिमी,
अनि पुरानो यादहरु नै प्यारो छ ।
बल्झिरहने अतित सम्झिदै
भन्छु , अब मलाई पुग्छ।
फर्किने छैन, त्यो छाहारीमा
खोज्ने छैन, तिम्रो शिथिलता
कति मान्छेहरु टाढै बाट प्रीय हुदोरहेछन
तिमि पनि यस्तै प्रीय बनी बसेछौ ।
✍️अन्जु कुवँर, धनगढी
It seems like you talk every day
a dear man,
As soon as he found out
It’s really far from me!
What chemical was it?
Keep us connected
I had no other answer than curiosity
I wanted to question myself
Why is a knot so tight?
Perhaps the strength of both sides is not equal!
Now I say: Capturing in the sight of the eye
Flying butterfly stories
Not really close, but
Stories embraced by experience
And beautiful butterflies attracted by the fragrance
My hopes of returning with fragrance
My hope is also surprising
Like the light of a lamp
There is light as well as darkness
I am happy in the light! Or in Khak!
My inner pains.
Consciously inflated balloon
When excited
The sky itself flies!
Dancing to the rhythm of the wind and teasing
Enough, too late!
Merge, suddenly!
And reflected, the blue sky in the eyes
Did the sky welcome me?
Farewell with balloons!
Anyway, the farewell also ended with a new thought.
tight,
The knot of the relationship has become the same!
Relationship builders are getting lost
The promises of the relationship are stuck!
Sometimes with a tender heart
Like tearing yourself apart
What are your obligations?
From me to Billizanu
Seasons are like changing nature
Maybe your eyes have changed
when a person
Today is not suitable for you!
Are you trying to prove “tomorrow”?
In your unsolicited desires
Do you confuse yourself?
How could he wait?
I’m not ready for that destination
Where I have returned from
I wanted to merge with you
My desires are not above time!
I don’t like it
Dreams, where despair lurks
No power with me
Falling down, getting up again and again,
Don’t mind cheating, ever
I want to say now,
With tears in his eyes
I will keep the characteristics of the relationship
I will embrace the meaning of being and existence!
I don’t want to be familiar, “new” with you
I “old” you,
And old memories are dear.
Remembering too much
I say, I have had enough.
Not going back, that girl
will not seek, your relaxation
How many people are being loved from afar
You have remained the same dear.
✍️Anju Kuwar, Dhangadhi