KhabarUjyalo

बालाजुमा प्रदर्शनकारीले जलाए प्रहरी भ्यान Protesters set fire to a police van in Balaju

१ फाल्गुन २०७९, सोमबार
बालाजुमा प्रदर्शनकारीले जलाए प्रहरी भ्यान Protesters set fire to a police van in Balaju

काठमाडौ : काठमाडौंको बालाजु बाइपास क्षेत्र तनावग्रस्त बनेको छ । मजदुर कुटिएको विरोध प्रदर्शनमा यातायात व्यवसायीले प्रहरीको भ्यान जलाइदिएका छन् ।

मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज चक्रपथका विभिन्न खण्डमा सडकमै गाडी रोकेर प्रदर्शन गरेका थिए ।

यातायात खुलाउन प्रयास गरेको प्रहरी र यातायात मजदुरबीच झडप हुँदा चक्रपथको बालाजु बाइपास खण्डमा रणमैदानमा परिणत भएको छ । सडकमा टायर बालेर प्रदर्शन गरिएको छ भने प्रहरीमाथि मजदुरहरूले इँटा र ढुंगा प्रहार गरेका छन् । प्रहरीले पनि लाठीचार्ज गरेको छ ।

Kathmandu: Balaju bypass area of ​​Kathmandu has become tense. In protest against the beating of workers, transporters burnt a police van.

The Nepal Transport Independent Labor Organization protested against the abuse of workers by stopping vehicles on the road at various sections of the ring road today.

The Balaju Bypass section of the ring road has turned into a battlefield due to a clash between the police and transport workers who tried to open the traffic. Protesters burnt tires on the road and workers threw bricks and stones at the police. The police also lathi-charged.

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo