बैतडी – तरकारीको पकेट क्षेत्रका रुपमा परिचित बैतडीको पाटन नगरपालिका – ८ खोड्पेमा शीत भण्डार गृह निर्माण सुरु भएको छ । कुल तीन करोड ९७ लाख लागतमा यहाँको धारीगाउँको बेताडासैनामा शीतभण्डार निर्माण सुरु भएको हो ।
पाटन नयाँ सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर रोहितराज भण्डारीका अनुसार कैलपाल कन्सट्रक्सनले भवन निर्माणको ठेक्का पाएको छ ।
जिल्लाको पाटन नगरपालिकाका वडा नम्बर ८, ९ र १० लाई तरकारीको पकेट क्षेत्रको रुपमा समेत लिइएको छ । खोड्पेमा बन्न लागेको शीतभण्डारले यो क्षेत्रका किसानलाई फाइदा पुग्ने पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश विष्टले बताए ।
उनले भने ‘तरकारीको पकेट क्षेत्रमा शीतभण्डार बनेपछि यो क्षेत्रका किसानलाई निकै फाइदा हुन्छ, शीतभण्डारमा राख्नका लागि तरकारीलगायत अन्य उत्पादन अन्यत्र लैजाने झण्झटको अन्त्य हुन्छ । उत्पादित तरकारी लामो समयसम्म भण्डार गर्न सहज हुन्छ ।’
खोडपे आलु उत्पादनका लागि यो पकेट क्षेत्र हो । यहाँ उत्पादित आलु भण्डारणको व्यवस्था नहुँदा समस्या भइरहेकाले शीतभण्डार निर्माणपछि यो समस्या समाधान हुने किसानको भनाइ छ । शीतभण्डारको अभावमा अहिले यहाँका किसानलाई आलु भण्डारणका लागि डडेलधुरा लैजानुपर्ने अवस्था छ ।
रासस
Baitadi – The construction of a cold storage house has started in Patan Municipality-8 Khodpe of Baitadi, which is known as a vegetable pocket area. Construction of cold storage has started at Betadasaina in Dharigaon at a total cost of 39.7 million rupees.
According to Engineer Rohitraj Bhandari, Information Officer of Patan New Urban Development Project Office, Kailpal Construction has got the contract for the construction of the building.
Ward numbers 8, 9 and 10 of Patan municipality of the district have also been considered as vegetable pocket areas. Ward Chairman of Patan Municipality-8 Harish Bisht said that the cold storage that is going to be built in Khodpe will benefit the farmers of this area.
He said, “After the establishment of cold storage in the vegetable pocket area, the farmers of this area will benefit greatly, the hassle of taking vegetables and other products to other places to keep them in the cold storage will end.” Produced vegetables are easy to store for a long time.
This is a pocket area for Khodpe potato production. Farmers say that the problem will be solved after the construction of cold storage because there is no system for storing the potatoes produced here. Due to the lack of cold storage, the farmers here now have to go to Dadeldhura for potato storage.
Rasas