KhabarUjyalo

लाइसेन्सको ट्रायलमा भोलिदेखि नयाँ मापदण्ड, यस्ता छन् नियम New standards in license trial from tomorrow, these are the rules

१ फाल्गुन २०७९, सोमबार
लाइसेन्सको ट्रायलमा भोलिदेखि नयाँ मापदण्ड, यस्ता छन् नियम New standards in license trial from tomorrow, these are the rules

काठमाडौ । मंगलबारबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू हुँदैछ । वागमती प्रदेशले फागुन २ गतेदेखि नयाँ मापदण्ड लागू गर्ने जनाएको छ । वागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंले लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुने जानकारी गराएका छन् ।

फागुन १ बाट हुने भनिएकोमा आज सार्वजिनक बिदा परेकोले भोलिबाट ट्रायलमा १ सय पूर्णांकमा उत्तीर्णका लागि ७० अंकको मापदण्ड लागू हुने उनले बताए । यातायात व्यवस्था विभागले यसअघि नै यो व्यवस्था ल्याएर २०७८ जेठदेखि निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो । तर, वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रयोगात्मक परीक्षाको नयाँ व्यवस्था लागू हुन नदिने अडान लिएपछि कार्यान्वयनमा जान सकेन । नयाँ मापदण्ड मान्छे मार्न ल्याएको भन्दै पाण्डे आफू मुख्यमन्त्री भइन्जेल लागू हुन नदिने अडानमा थिए । अहिले वागमतीमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल छन् ।

मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य हुनेछन् । कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १०० तोकिएको छ । कार्यविधिमा कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठको अंकभार २० तोकिएको छ ।

दुई पटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ । तर, ट्रायल फेल भइँदैन । दुई पटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ । निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ । पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ बमोजिम केही प्रदेशले यो नियम लागू गरिसकेका छन् ।

Kathmandu. From Tuesday, the new criteria will be implemented in the driver’s license examination. Bagmati province has announced that it will implement the new standards from February 2. The information officer of the Ministry of Labour, Employment and Transport of Bagmati Province, Devraj Chaulagai, has informed that the written and trial examination will be conducted according to the ‘Driver’s License Examination Conduct Guidelines 2077’.

He said that since February 1 is a public holiday, the standard of 70 marks will be applied for passing the trial with 100 whole marks from tomorrow. The Transport Management Department had already brought this system and said that it will implement the system in the directory from May 2078. However, the chief minister of Bagmati state, Rajendra Pandey, did not implement the new system of practical examination. Pandey was adamant that he would not allow the implementation of the new norms until he became the Chief Minister. Now the Chief Minister of Bagmati is Shalikram Jammakattel.

A total weightage of 100 has been fixed for motorcycles, scooters and mopeds. The trainees who get 70 marks will be eligible for the license. The total weightage of car, jeep, delivery van practical test is 100 marks. In the procedure, in the experimental test of cars, jeeps, delivery vans, the weightage of round eight is fixed at 20.

Touching the numbered line up to two times will reduce 10 points at the rate of 5 points each time. However, the trial does not fail. If you touch the marked line more than twice, if the vehicle’s tires go beyond the marked line, if you do not make a figure eight from the right direction or in the right way, or if the start of the vehicle is closed, it is arranged that you will fail. In the directory, the number of traffic signals is set at 15. In case of non-compliance, 15 marks will be deducted.

Some provinces have already implemented this rule according to the Driving License Examination Procedures Guide, 2077.

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo