KhabarUjyalo

१० वर्षपछि अभिनेता राजबल्लभ चलचित्रमा अभिनय गर्दै After 10 years, actor Rajaballab acting in the movie

२९ माघ २०७९, आईतवार
१० वर्षपछि अभिनेता राजबल्लभ चलचित्रमा अभिनय गर्दै After 10 years, actor Rajaballab acting in the movie
unn.prixa.net

काठमाडाैँ । सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’ बाट अभिनय सुरु  गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएका छन् । पछिल्लो समय ‘हाइवे टु धम्पुस’ मा देखा परेका उनी झन्डै १० वर्षपछि अभिनय गर्दै छन् । ‘आफू सुहाउँदो भूमिका पाएँ र यो महत्त्वपूर्णमध्येको एक हो’, अभिनेता कोइरालाले भने, ‘मेरो छायाँङ्कन ब्राजिल र मेक्सिकोमा तय भएको छ ।’

अमेरिकाको क्यालिफोर्निया बसोवास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने विषयमा माग र आवश्यकतामा आधार रहने बताए । अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटीपछि अभिनेता कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुसी लागेको निर्देशक दीपक ओलीले बताए । ‘हामीलाई चाहिएको लुक्स र कलाकार पाएका छौँ । चलचित्रलाई विना सम्झौता तयार गर्नेछौँ’, उनले भने, ‘यसको कथा नै विदेशी भूमिसँग जोडिएकाले छायाङ्कन नै उतै गर्दैछौँ ।’

अभिनेता कोइरालाले अभिनय गरेका गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, ६ एकान ६, हाइवे टु धम्पुसलगायतका चलचित्रको चर्चा हुने गर्छ । उनले सात वर्षमा २७ चलचित्रमा अभिनय गरेका थिए ।  

स्पेनिस भाषामा ‘कामिनो’ को अर्थ बाटो हो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको सङ्घर्षको कथामा निर्माण हुने चलचित्र आउँदो वैशाखदेखि छायाँङ्कनमा जाने तयारी रहेको कार्यकारी निर्माता सुनिल विष्ट गौलीले जानकारी दिए । यसमा महेश दबाडीको पटकथा र संवाद, सौरभ लामाको छायाङ्कन, एसडी योगी र एलिस कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ । नेपाली, हिन्दी, अङ्ग्रेजी र स्पेनिससहित चार भाषामा चलचित्र प्रदर्शन गरिनेछ ।

Kathmandu. Actor Rajballabh Koirala, who started acting in 2007 with the movie ‘Parkhi Basen’, is going to act in ‘Kamino’. He appeared in ‘Highway to Dhampus’ recently and is acting after almost 10 years. “I got the right role and it’s one of the important ones”, said actor Koirala, “My shooting is scheduled in Brazil and Mexico.”

Actor Koirala, who lives in California, USA, said that coming to Nepal for movies will be based on demand and need. Director Deepak Oli said that he is happy to welcome actor Koirala to the team after actor Pradeep Khadka and actress Varsha Sivakoti. “We got the looks and actors we wanted. We will prepare the film without a contract’, he said.

Actor Koirala’s movies such as Guru Dakshina, Chhodi Gaye Pap Lagla, Pharch Pharch Maya, Kin Laga Maya, Paal, Masaan, Ayadesh, So Simple, 6 Ekan 6, Highway to Dhampus etc. are being talked about. He acted in 27 movies in seven years.

‘Camino’ means path in Spanish. Executive producer Sunil Bishta Gowli informed that the film, which will be made on the story of the struggle of those who want to enter America in a risky way, is ready to start shooting from next Baisakh. It will have screenplay and dialogues by Mahesh Dabadi, cinematography by Saurabh Lama, music by SD Yogi and Alice Karki, direction by Samrat Basnet. The film will be screened in four languages ​​including Nepali, Hindi, English and Spanish.

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo