KhabarUjyalo

धनगढी पुगेर माधव नेपालले भने- रेशम चौधरीलाई रिहा गर्नु पर्छ After reaching Dhangadhi, Madhav Nepal said – Resham Chaudhary should be released

२९ माघ २०७९, आईतवार
धनगढी पुगेर माधव नेपालले भने- रेशम चौधरीलाई रिहा गर्नु पर्छ After reaching Dhangadhi, Madhav Nepal said – Resham Chaudhary should be released

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन्।

समाजवादी प्रेस सङ्गठन कैलालीले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाई रिहा गर्न आवश्यक रहेको उनले दाबी गरे।

उनले भने, ‘उहाँ (रेशम)लाई रिहा गर्न आवश्यक छ । रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरूका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन्। यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुङ्गो लगाउनु राम्रो हुन्छ।’

Dhangadhi. CPN United Samajwadi Party Chairman Madhav Kumar Nepal has said that Resham Chaudhary should be released.

He said this while speaking at a press conference organized by Samajwadi Press Organization Kailali in Dhangadhi on Sunday.

He claimed that it was necessary to release Resham, who was convicted in the Tikapur murder case and was serving his life in Dillibazar Jail.

He said, “He (Resham) needs to be released.” Not only silk, yesterday’s issues related to the Maoist peace process, the issue of revolutions, some of our issues are also relevant. It is better to resolve these issues and issues of a political nature quickly.

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo