KhabarUjyalo

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ Special cleaning in Pashupati area in preparation for Mahashivratri

२९ माघ २०७९, आईतवार
महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ Special cleaning in Pashupati area in preparation for Mahashivratri

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ ।

विशेष सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई सधैँ सफा र पवित्र राखिनुपर्नेमा जोड दिए ।

विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाएर धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्नसके राष्ट्रिय अर्थतन्त्रको वृद्धिमा सहयोग हुने उनको भनाइ थियो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री किराँतीले पशुपति क्षेत्रका सम्पदा स्थल, फूलप्रसाद बिक्री कक्षलगायत स्थलको अवलोकनसमेत गरको थिए ।

पशुपति क्षेत्रलाई सधैँ सफा राख्न पनि उनले कोषका उच्च अधिकारीलाई निर्देशन दिए। पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीका लागि आवश्यक सबै काम गर्न उनले मूल समारोह समितिअन्तर्गत गठन भएका नौ वटै उपसमितिलाई निर्देशन दिएका छन् । मूल समारोह समितिको अध्यक्ष मन्त्री किराँती नै रहेका छन् ।

सफाइमा कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, भक्तजन, स्थानीय सङ्घसंस्था लगायतको सहभागिता रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

मूल समारोह समितिअन्तर्गत गठिन उपसमितिले महाशिवरात्रिका दिनसम्म प्रत्येक दिनजसो सफाइ अभियानलाई निरन्तरता दिने भएको छ । यसअन्तर्गत कोषमा कार्यरत करिब एक सय सफाइ कर्मचारी र स्वयंसेवी पनि सहभागी हुने जनाइएको छ ।

Kathmandu. On the occasion of Mahashivratri, a special cleaning campaign has been launched in the Pashupati area to facilitate the devotees who come to visit Pashupatinath.

Inaugurating the special cleaning campaign, Minister of Culture, Tourism and Civil Aviation, Sudan Kiranti emphasized that the Pashupati area, the center of faith of Vedic Sanatan Hindus spread all over the world, should always be kept clean and holy.

He said that if the Pashupati area, which is listed in the World Heritage List, can be kept clean and tidy, it will help in the growth of the national economy if it can attract more tourists. Minister Kiranti, who is also the Chairman of Pashupati Area Development Fund Management Council, also inspected the Pashupati area’s heritage sites, flower prasad sale room and other places.

He also directed the high officials of the treasury to keep the Pashupati area clean at all times. He has instructed all the nine sub-committees formed under the main ceremony committee to do all the necessary work for the preparation of Mahashivratri in Pashupati area. Minister Kiranti is the chairman of the original ceremony committee.

Revathiraman Adhikari, spokesperson of the fund informed that the fund’s member secretary Dr. Milan Kumar Thapa, treasurer Narayan Prasad Subedi, executive director Dr. Ghanshyam Khatiwada and other employees, Nepali army, Nepal police, armed police, locals, devotees, local organizations etc. participated in the cleanup.

The sub-committee formed under the main ceremony committee will continue the cleaning campaign every day until the day of Mahashivratri. Under this, it is said that around 100 sanitation workers and volunteers working in the fund will also participate.

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo