बैतडी। बैतडीको डिलाशैनीमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर १ नानरा भुगाडीका ७८ बर्षीय सालीभान धामीको रुखबाट लडेर मृत्यु भएको हो ।
मंगलबार विहान स्याउला काट्ने क्रममा रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय सुदीप रानाले जानकारी दिए।
