KhabarUjyalo

घनश्याम भुसाल चढेको कार दुर्घटना

२० माघ २०७९, शुक्रबार
घनश्याम भुसाल चढेको कार दुर्घटना

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व मन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्।

शुक्रबार दिउँसो भुसालले चलाएको बा. १६ च १३८४ नम्बरको कार नयाँ बानेश्वरमा अनियन्त्रित भई सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएको हो । 

गाडी चलाएर तीनकुने स्थित पार्टी कार्यालय जाँदै गर्दा एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि वेहोस भएपछि उनको गाडि दुर्घटनामा परेको जनाईएको छ। भुसाललाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo