Khabar Ujyalo

निर्मला पन्तको न्यायका लागि प्रदर्शन गर्ने शारदा चन्द सहित ६ जना पक्राउ

१० फाल्गुन २०७७, सोमबार
निर्मला पन्तको न्यायका लागि प्रदर्शन गर्ने शारदा चन्द सहित ६ जना पक्राउ

धनगढी : कंचनपुरकी१३ वर्षिया बालिका निर्मला पन्तको न्यायको माग गर्ने अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ परेका छन् ।
कञ्चनपुरको बेतकोट नगरपालिका स्थित दैजीको छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा निर्मला पन्तको न्यायका लागि प्रदर्शन गर्ने अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले निर्मलाको हत्यारा खोइ ? निर्मलालाई न्याय दे लेखिएको टिसर्ट लगाएर प्रदर्शन गरेपछि प्रहरीले प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.