धनगढीः डडेल्धुरामा बालिकामाथि विद्यालयमै बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।
जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ कैलपालमाण्डौको भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक देवीलाल भट्टलाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालका अनुसार आइतबार भट्टलाई बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको जानकारी दिए । उनी बिद्यार्थीहरुको आवस नजिकै बस्दै आएका शिक्षकले शनिबार बालिकामाथी बलात्कार गरेको स्थानीयले आरोप लगाएका थिए ।
उनिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।