१८ मंसिर २०७९, आईतवार

मालापोत कार्यालय प्रमुख र लेखापढी ६ लाख घुससहित अख्तियारको फन्दामा !

८ फाल्गुन २०७७, शनिबार
मालापोत कार्यालय प्रमुख र लेखापढी ६ लाख घुससहित अख्तियारको फन्दामा !

वीरगञ्ज । बाराको सिमरास्थित मालपोत कार्यालयका प्रमुख मनोजकुमार खनाल र लेखापढी कानुन व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख अमलेखगञ्जस्थित जग्गा होटलबाट ६ लाख घुस रकमसहित दुवैजनालाई पक्राउ गरेको हो ।

‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाइ फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने भन्दै उनले सेवाग्राहीसँग रकम माग गरेको उजुरी अख्तियारमा परेको थियो ।

अख्तियारको टोलीले सेवाग्राहीसँग ६ लाख रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा रकमसहित उनीहरुलाई पक्राउ गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo