बाजुराः बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्दमा आकस्मिक प्रसुुति सेवा सञ्चालनमा आएको छ। यस अघि पिडामा रहेका महिलालाई प्रसुती गराउन अन्य जिल्लामा रेफर गर्ने र हेलिकप्टरमार्फत उद्धार गरिँदै आएकोमा अब कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै संचालन गरेको बुुढीनन्दा नगरपालिका स्वास्थ्य सहसंयोजक ओमजंग शाहीले बताए।
पहिलो दिन शुक्रबार मुगुकी २९ वर्षीया निर्मला चदाराको सफल शल्यक्रिया गरी प्रसुती गराइएको छ ।शुक्रवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाल रोग विशेषज्ञ डा. नम्रता सिन्धान, एनेसथेसिष्ट डा. अर्जुन प्रसाद तिवारी, स्त्री तथा प्रसुतीमा विशेषज्ञ डा. दिसाही रोका र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका स्वास्थ्यकर्मीहरुले मुगुकी चदाराको शल्यक्रिया गरेका थिए।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा सञ्चालनमा आएपछि बाजुराका ४ वटा स्थानीय तह र हुुम्ला र मुुगुवासीलाई सहज हुने भएको छ ।