KhabarUjyalo

आजदेखि देेेशभर मौसम सफा हुदै जाने

८ फाल्गुन २०७७, शनिबार
आजदेखि देेेशभर मौसम सफा हुदै जाने

काठमाडौँ । आजदेखि देेेशभर मौसम खुल्दै जाने भएको छ ।

अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएर अरु ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै तराईका केही ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको भए पनि दिउँसोदेखि मौसम खुल्दै जाने मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

आज उच्च पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको र त्यस क्षेत्रको मौसम पनि दिउँसोपछि सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र बाँकी प्रदेशको मौसम सफा रहने महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo