धनगढी : लामो समयदेखि पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीचको सम्बन्ध राम्रो नभएको समाचार आईरहेका बेला शुक्रबार पुर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहसहित सपरिवारको फोटो सार्वजनिक भएको छ।
पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा झापाको होटल मेची क्राउनमा पारस र हिमानीबीच भेट भएको हो ।
यसअघि पारस शाह एक्लएक्लै बाहिर भुम्दै आएका फोटा सामाजिक संजाल सार्वजनिक हुँदै आएका थिए । शुक्रबार राती पुर्वयुवराज पारस शाहले सामाजिक सन्जालमा पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको शुभकामना दिदै आफू सहितको सपरिवारको फोटो सार्वजनिक गरेका छन् । उक्त कार्यक्रममा पारसले हिमानीसँग केही कुराकानी समेत भएको जनाइएको छ ।
हिमानी र पारससहितको सपरिवारको तस्वीर अहिले सामाजिक सञ्जामा भाइरल बनेको छ । शुक्रबारको जन्मोत्सव शुभकामना दिन केही राजावादी तथा राजसंस्था पक्षधरका स्थानीय नेताहरू पनि पुगेको जनाइएको छ ।