Khabar Ujyalo

भागरथी भट्टको महाकाली आर्यघाटमा अन्त्येष्टि

७ फाल्गुन २०७७, शुक्रबार
भागरथी भट्टको महाकाली आर्यघाटमा  अन्त्येष्टि

बैतडी। बलात्कारपछि हत्या गरिएकी बेतडीकि भागरथी भट्टको शुक्रवार दाहासँस्कार गरिएको छ।

दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो।

यसअघि सदरमुकाम गोठालापानीबाट महाकाली नदी सम्म शव यात्रा निकालिएको थियो। भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो।

गत माघ २१ गते विद्यालयबाट फर्केने क्रममा बेपत्ता भएकी उनी २२ गते विभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.