९ जेष्ठ २०७९, सोमबार

पर्यटन मन्त्री आलेद्वारा सुदूरपश्चिम प्रादेशिक महोत्सव उद्घाटन, महोत्सव फाल्गुन २५ गतेसम्म लाग्ने

१३ फाल्गुन २०७८, शुक्रबार
[Sassy_Social_Share]
पर्यटन मन्त्री आलेद्वारा सुदूरपश्चिम प्रादेशिक महोत्सव उद्घाटन, महोत्सव फाल्गुन २५ गतेसम्म लाग्ने

धनगढी : अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव आज देखि सुरु भएको छ । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा आज देखि २५ गतेसम्म महोत्सव संचालन हुने भएको हो ।

आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेबाट महोत्सव उद्घाटन गरेका हुन् । अत्तरिया उद्योग बाणिज्य संघका महासचिब यज्ञराज जोशीका अनुसार महोत्सवमा सुदूरपश्चिमका कलाकार लगायत देशका चर्चित कलाकारको प्रस्तुति रहने जनाएका छन् ।

महोत्सवमा करिब डेढ करोडको कारोबार हुने अपेक्षा लिएका छ्न । महोत्सवमा होटल, विभिन्न संघ संस्था, ब्यापारी स्टलहरु रहेका छन् भने रमाइलो मेला पनि रहेका छन् । महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको छ ।

महोत्सवमा सर्बसाधारणहरुलाई ५० र बिद्यार्धीहरुलाई ४० रुपैया टिकट दर रहने छ भने अपांग जेष्ठ नागरिक लगायतका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था रहेको छ ।

महोत्सव अत्तरिया पूर्वरोडमा रहेको लामिताल नजिकैको खुल्ला स्थानमा लागेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo