९ जेष्ठ २०७९, सोमबार

अत्तरियामा भोली देखी सुदूरपश्चिम प्रादेशिक महोत्सव, पर्यटन मन्त्री आलेबाट उद्घाटन गरिने

१२ फाल्गुन २०७८, बिहीबार
[Sassy_Social_Share]
अत्तरियामा भोली देखी सुदूरपश्चिम प्रादेशिक महोत्सव, पर्यटन मन्त्री आलेबाट उद्घाटन गरिने

धनगढी : अत्तरियामा भोली देखी सुदूरपश्चिम प्रादेशिक महोत्सव सञ्चालन हुने भएको छ । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा फागुन १३ गते भोली देखि २५ गतेसम्म महोत्सव संचालन हुने भएको हो ।

भोली संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेबाट महोत्सव उद्घाटन गरिने अत्तरिया उद्योग बाणिज्य संघका महासचिब यज्ञराज जोशीले बताए । महोत्सवको सम्पुर्ण तयारी भएको उनले बताए । यसअघि पुस २७ गतेदेखि महोत्सव तय भएको मिति कोरोना महामारीका कारण सुचारु हुने महोत्सवको अघिल्लो दिन स्थगित भएको थियो ।

डेढ सय स्टल राखिने भएपनि बिचमा स्थगितका कारण यसपटक स्टल कम रहने अत्तरिया उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवमा सुदूरपश्चिमका कलाकार लगायत देशका चर्चित कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।करिब डेढ करोडको कारोबार हुने अपेक्षा लिएको संघका अध्यक्ष देवकोटाले बताए । उनले महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिएको छ ।

महोत्सवमा सर्बसाधारणहरुलाई ५० र बिद्यार्धीहरुलाई ४० रुपैया टिकट दर रहने छ भने अपांग जेष्ठ नागरिक लगायतका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था रहेको छ ।

महोत्सव अत्तरिया पूर्वरोडमा रहेको खुल्ला स्थानमा लाग्ने भएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo