KhabarUjyalo

जाल्पा लघुवित्त वित्तीय संस्थाको आइपीओ खुल्यो

२१ माघ २०७८, शुक्रबार
जाल्पा लघुवित्त वित्तीय संस्थाको आइपीओ खुल्यो

काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गरेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ करोड २२ लाख रुपैयाँको ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गरेको हो ।

८ हजार कित्ता कम्पनीका कर्मचारी र २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आइपीओमा माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपीओमा न्यूनतम १० देखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसअघि आइपीओ निष्काशन हुँदा माग भन्दा कयौं गुणा बढी आवेदन पर्ने गरेको थियो ।

यो कम्पनीको आइपीओ पनि लामो समयपछि आउन लागेको भएर माग भन्दा बढी नै आवेदन पर्नेमा कम्पनी निश्चित छ । जसले गर्दा लगानीकर्ताले १० कित्ताको लागि आवेदन दिनु नै उपयुक्त हुने देखिन्छ । लक्की ड्र गरेर बाँडफाँड हुने भएकोले भाग्यमानी आवेदनकर्ताले १० कित्ता सेयर पाउनेछन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo