Khabar Ujyalo

१४ दिनपछी परिवारले भागरथीको शव बुझ्दै

७ फाल्गुन २०७७, शुक्रबार
१४ दिनपछी परिवारले भागरथीको शव बुझ्दै

बैतडी : बैतडी दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका अभियुक्त किशोरले बलात्कारपछी हत्या गरेको स्वीकार गरेपछी १४ दिनदेखी अस्पतालका राखिएको शव आज परिवारले बुझदैछ ।

बुधबार सरकारी वकिल कार्यालयमा लिइएको बयानमा अभियुक्त किशोरले बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए। यसअघि आफूले हत्या मात्रै गरेको बताउँदै आएका थिए। तर आज किशोरका बुबा, प्रहरी अनुसन्धान अधिकृत, सरकारी वकिलसहित रहेको टोलीले संयुक्तरुपमा लिएको बयानमा बलात्कारपछि हत्या गरेको स्वीकारे ।
यस्तै किशोरको बयानकाकै आधारमा प्रहरीले घटनास्थलमा खोज्दै जाँदा घडी पनि फेला पारेको थियो।

माघ २१गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट माघ २२ गते दोगडाकेदार गाउँपालिकाको लवलेक सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन्। परिवारले हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडानपछि २३ गतेदेखि जिल्ला अस्पतालमा शव राखिएको थियो।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.