बैतडी : बैतडीकी दोगडाकेदार गाउँपालिका – ७ कि १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियुक्त दिनेश भट्टले स्वीकार गरेका छन् ।
यसअघि उनले उनले हत्या गरेको बलात्कार नगरेको बयान दिदै आएका थिए । पोष्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या गरेको रिपोर्ट आएको थियो ।
आज जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसन्धान अधिकृतसामू दिनेशले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बताएका थिए।