काठमाडौं : नेपाल प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकलाई आग्रह गरेको छ।
काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरेको हुनाले यसलाई रोक लगाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै बोतल, जर्किनमा पेट्रोललगायत बिक्री नगर्न भनेको छ।
जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।