KhabarUjyalo

भूकम्पमा परेकाको उद्धार तथा उपचारमा खटिन सुदूरपश्चिमका मुख्यमन्त्री रावलको निर्देशन

११ माघ २०७९, बुधबार
भूकम्पमा परेकाको उद्धार तथा उपचारमा खटिन सुदूरपश्चिमका मुख्यमन्त्री रावलको निर्देशन

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले बाजुरा बझाङ लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पले क्षति पुराएकोमा दुख व्यक्त गर्दै उद्धारमा खटिन निर्देशन दिएका छन् ।

हिजो सुरक्षा निकायका प्रमुखहरूलाई मुख्यमन्त्री रावलले ती जिल्लामा भएको क्षतिको विवरण संकलन र उद्धारमा खटिन निर्देशन दिएका हुन् ।

हिजो दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर घाइते भएकाहरूको उपचारमा खटिन पनि मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।

बाजुरा र बझाङका दर्जनौँ घरमा क्षति पुराएको छ । अहिले सम्म एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । यकिन विवरण अझै आउने क्रम जारी छ ।

मुख्यमन्त्री रावलले भूकम्पका पराकम्पनहरु आउन सक्ने भन्दै प्रहरीलाई चनाखो रहन निर्देशन दिँदै स्थानीयलाई सुरक्षित रहन आग्रह गरेका हुन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo