धनगढी । बाजुरामा भुकम्पमा परेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भुकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
भुकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु भएको स्थानीयले जानकारी दिए ।
मंगलबार दिउँसो २ बजेर ४४ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भुकम्प गएको थियो । केहि घरमा क्षति पुर्याएको छ ।