KhabarUjyalo

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

१० माघ २०७९, मंगलवार
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

बागलुङ । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बागलुङमा एक पुरुष पक्राउ परेका छन् । यहाँको काठेखोला गाउँपालिकाका ३३ वर्षीय बाबुले १५ वर्षीय छोरीलाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

गत असोज ६ गते बलात्कारमा परेकी ती छोरीले बाबु नभएको मौका पारेर माघ ६ गते मात्रै जिल्ला प्रहरीमा उजुरी गरेकी हुन् । उजुरीपछि प्रहरीले ती व्यक्तिलाई बुटवलबाट पक्राउ गरेको हो । आइतबार उनलाई प्रहरीले पक्राउ गरेर बागलुङ ल्याएको छ ।

प्रहरीले जबर्जस्ती करणी तथा हाडनाता करणी मुद्दा दर्ता गरेको पनि जनाएको छ । घटना ५ महिनाअघि भए पनि डरधम्कीका कारण उजुरी गर्न नसकेकी पीडितले बाबु नभएको मौका पारेर उजुरी दिएकी हुन् । पीडितको स्वास्थ्य परीक्षणपछि आमासँगै बसेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo