धनगढी : सामाजिक सञ्जाल र टिकटकमा गायक पुस्कल शर्माको ‘मुटु जलाइ जलाइ’ बोलको गितमा एक युवती बेस्सरी चिच्याएर गाएको भिडियो भाइरल भएको छ । भाइरल भएकी ती युवती कक्षा ११ मा अध्ययनरत कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ बाणीकी आँचल नाथ हुन् ।
गत बिहिवार कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा गायक पुस्कल शर्माले गाएको ‘मुटु जलाइ जलाइ’ बोलको गीतमा ती युवती बेस्सरी चिच्याएर गीत गाएकी छन् भने त्यसपछिको गायक शर्माले गाएको ‘आउँछौ आउँदैनौं’ बोलको गीतगीतमा भने डाँको छोडेर रोएकी छन् । यी दुईवटै भिडियो गायक शर्माले टिकटकमा राखेका थिए । जो अहिले टिकटक र सामाजिक संजालमा भाइरल बनेको छ ।
भनिन्छ मायामा नै संसार अडिक छ । सच्चा प्रेम त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ । अनि मायामा भावुकता पनि छ । तर जब प्रेम सम्बन्धमा रहेका व्यक्तिहरूको सम्बन्ध टुट्छ तब उनीहरू नै टुट्ने गर्छन् जसले गर्दा उनीहरूमा तनाव उत्पन्न हुने गर्छ l विगतका घटनाले भावुक बन्ने गर्छन् ।
त्यस्तै प्रेमीको धोका पाएकी आचल नाथलाई पनि महोत्सवमा गायक पुस्कल शर्माले गाएको गितले उनलाई भावविह्वल बनायो । जीवन संगै विताउने भनेर माया साटासाट गरिएको प्रेमीले बिचमै धोका दिएर गएपछि गितले विगतका पलले भावुक बनाउने गरेको उनी बताउन्छिन ।
“गायक पुस्कल शर्मा मन पर्ने गायक हुन् । उनका गित अत्यधिक मन पर्छ, तर त्यो दिन महोत्सव उहाँ आउदै छन् भने थाहा थिएन,” उनले भनिन् ।
‘”महोत्सवमा गितमा रमाउदै गर्दा भावनामा डुबेर चिच्याएको र रोएको रहेछु आफुलाई थाहै भएन ।”
उक्त भाइरल भिडियोमा केहीले ती युवतीको ब्रेकअप भएको हुनसक्ने अनुमान गरेका छन् । भने संगीत क्षेत्रका व्यक्तित्वले संगीतको शक्तिले यस्तो भएको प्रतिक्रिया दिएका छन्।