KhabarUjyalo

एनआईसी एसिया बैंकले सेवाग्राहीबाट चर्को शुल्क लिदै !

४ माघ २०७९, बुधबार
एनआईसी एसिया बैंकले सेवाग्राहीबाट चर्को शुल्क लिदै !

काठमाडौं । एनआईसी एसिया बैंकले सेवाग्राहीबाट चर्को शुल्क लिने गरेको छ ।
समयसमयमा ऋणीबाट निकै चर्को ब्याज असुल गरेको आलोचना हुँदै आइरहेको एनआईसी एसिया बैंक पछिल्लो समयमा स्ट्यान्डर्ड ट्रफी शुल्कमा झण्डै साढे चारसय प्रतिशतले शुल्क वृद्धि गरेको पाएको छ ।

बैंकले एटीएम कार्ड अनब्लक गरेको एक सय रुपैयाँबाट बढाएर पाँच सय लिने गरेको छ । भने बैंकलेएटीएम ब्लक गरेको पनि पाँच सय शुल्क रहेको छ ।

यस्तै यसअघि बैंकले डलर लोड गरेको दुई सय ५० रुपैयाँ लिदैमा अहिले डलर लोड शुल्क १० डलर अर्थात १३ सय २० रुपैयाँ शुल्क लिने गरेको छ । जुन ४ सय ३० प्रतिशत वृद्धि हो । अन्य सेवामा पनि चर्को शुल्क वृद्धि गरेको पाएको छ । संचालक समितिको बैठकले विभिन्न शुल्कमा वृद्धि गरेको एनआईसी बैंकले जनाएको छ ।

केही दिन अघि सार्वजनिक एक कार्यक्रममा र एक टेलिभिजनको अन्तर्वार्तामा एमालेका नेता तथा व्यवसायी दुर्गा प्रसाईंले देशमा लुटहा बैंक भनेको एनआईसी एसिया बैंक र सनराइज बैंक भएको अभिव्यक्ति दिएका थिए ।

यसअघि कोरोना महामारीमा एनआईसी एसिया बैंकले ऋणीबाट चर्को ब्याज असुल गरेको पाइएको थियो ।

एनआईसी एसिया बैंकको सो शुल्क अन्य बैंक भन्दा चर्को शुल्क रहेको पनि पाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo