काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् ।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा उनलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गराएको हो ।
सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिखिर खनाललाई शिक्षा मन्त्री र तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउने निर्णय सुनाएका हुन् ।
आज दिउँसो मन्त्री पदको शपथ ग्रहण गर्ने तयारी रहेको छ ।