KhabarUjyalo

सुनकाे मूल्य फेरि तोलामा ६ सय रूपैयाँले बढ्याे

२५ पुष २०७९, सोमबार
सुनकाे मूल्य फेरि तोलामा ६ सय रूपैयाँले बढ्याे

काठमाडौं । साताको पहिलो दिन तोलामा एक हजार रूपैयाँले उकालो लागेको सुनको मूल्य सोमबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६ सय रूपैयाँ बढेर एक लाख तीन हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तोलामा एक लाख २ हजार ८ सय रूपैयाँ कायम भएको तेजाबी सुन आज प्रतितोला एक लाख तीन हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी १० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo