KhabarUjyalo

काठमाडौँको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस

२२ पुष २०७९, शुक्रबार
काठमाडौँको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस

काठमाडाैँ । देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

विभागले तराईका धेरै भूभागमा बाक्लो हुस्सु लाग्ने, दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही पश्चिम र मध्य तराइका धेरै भूभागमा हुस्सु र कुहिरो लागिरहेको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव आठ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव नौ डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo