कञ्चनपुर । कञ्चनपुरमा चोरीको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ मा मन्दिरका घण्टी चोरेको आरोपमा भारतका उद्यमसिंह नगरका अन्दाजी १८ वर्षीय आरिफ अन्सारी र २४ वर्षीय बब्लु अव्वासीलाई प्रहरीले पक्राउ गरेको छ ।
साना र मध्यम गरी २७ थान मन्दिरमा चढाएको घण्टी चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। स्थानीयले मन्दिरमा चढाएको घण्टी चोरिरहेको भन्दै इलाका प्रहरी कार्यालय दोधाराचाँदनीलाई खबर गरेका थिए ।
उनीहरू दुवैलाई पक्राउ गरि थप अनुसन्धान थालेकाे इलाका प्रहरी कार्यालय दोधाराचाँदनीले जनाएकाे छ।