धनगढी । कैलालीको अत्तरियामा यही पुष २७ गतेदेखि सञ्चालन हुने ‘अत्तरिया महोत्सव’काे तयारी सुरु भएको छ ।
अत्तरिया उद्योग वाणिज्य संघले प्रयेक वर्ष झैँ यस वर्ष पनि आयोजना गर्न लागेको उक्त महोत्सवका लागि विभिन्न संरचनाहरू निर्माण गर्ने काम सुरु भएकाे हो । बिहीबार संघका अध्यक्ष अशोकराज देवकोटाले महोत्सवको प्रवेशद्वारकाे पूजा गरेर निर्माण कार्य शुभारम्भ गरेका हुन् ।
पुष २७ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवका लागि विभिन्न उपसमितिहरूसमेत गठन गरिएको संघका महासचिव यज्ञराज जोशीले बताएका छन्।