धनगढी । धनगढीमा भोलि देखि ५ दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ। धनगढी उपमहानगरपालिकाको कार्यालयबाट निर्माणधिन चटकपुर चोकदेखि पश्चिम रिङ्गरोड (वडा नम्बर ३ को कार्यालय) सम्म विद्युतीय संरचना स्थानान्तर गर्ने भएकाले पुस २२ गतेदेखि पुस २६ गते सम्म विद्युत सेवा अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले एक सूचना मार्फत जानकारी दिएको छ।