धनगढी । तरार्इमा चिसो बढेसँगै कैलालीको गौरीगङ्गा नगरपालिकाले पनि तीन दिन जाडाे बिदा दिएकाे छ ।
आज प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले एक सूचना जारी गर्दै भोलिदेखि जाडो बिदा दिएको जनकारी गराएकाे हो । चिसो तथा सितलहरका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्नेभन्दै नगरपालिकाले पुस २२ गतेदेखि पुस २४ गते सम्म जाडो बिदा दिने निर्णय सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिका भित्रका शैक्षिक संस्थाहरू आइतबारसम्म बन्द हुने छन् ।
यसअघि कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले पनि जाडो बिदा दिइसकेको छ ।