KhabarUjyalo

कांग्रेस निकट पत्रकारबीच माइक खोसाखोस

२१ पुष २०७९, बिहीबार
कांग्रेस निकट पत्रकारबीच माइक खोसाखोस

काठमाडौं । प्रमुख अतिथिको विषयमा विवाद हुँदा कांग्रेस निकट नेपाल प्रेस युनियन कर्णाली प्रदेशको प्रथम अधिवेशनमा दुई पक्षबीच माइक खोसाखोस भएको छ ।

बिहीबार प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकोमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्ष र इतरपक्षबीच प्रमुख अतिथि राख्ने विषयमा विवाद उत्पन्न भएपछि माइक खोसाखोस भएको हो ।

संस्थापन पक्षले अधिवेशन उद्घाटनको प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई बनाउन चाहेका थिए । तर संस्थापन इतरपक्षले नेता डा. मिनेन्द्र रिजाललाई बोलाएपछि दुई खेमाबीच विवाद उत्पन्न भएको सहभागी एक पत्रकारले जानकारी दिए ।

तर सहभागी अर्का पत्रकारले अधिवेशनमा संस्थापन इतर पक्षधरका पार्षदहरू धेरै राखेर आफू पक्षका नामहरू काटिएको सस्थापन पक्षले आरोप लगाएका छन् । ती पत्रकारका अनुसार संस्थापन इतरले एकलौटी ढंगले पार्षद नियुक्त गरेको आरोप लगाएपछि झडपको स्थिति पैदा भएको हो । त्यहि कुरामा विवाद हुँदा एक प्रतिनिधिले माइकको तार नै चुँडाइदिएका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo