तपाईहरु र मेरो विगत फरक छ
विगतको परिवेश फरक छ
विगतका गल्तीहरु फरक छन्
तर
सजाय एउटै हुन सक्छ है
म आफ्नो कथा सुनाउन्छु
म सानोमा
कुखुराले कोरलेको चल्ला जस्तै
सानो सफा सुन्दर अनि चिटिक्क
आमाका पखेटा मै हराउन्थे अनि रमाउन्थे
कुखुरा र कुखुराको चल्लाले चुच्चो मिलाए झैँ
आमाका स्तनमा आफ्ना ओठहरु मिलाउन्थे
सगयद त्यही भएर होला
कक्षा एक पढ्दा
One 1, Two 2, Three 3 गदै
Ten 10 नआएकाले
मलाई Hen बनाए
हात खुट्टाबाट यसो भित्र छिराए
हातका औलोले कानका लोती च्यापे
ठ्याक्कै चिम्टोले झै गरेर
आखा भुइँमा गाडिए
अनि हिप आकाशमा ठडिए
अनि
कुखुरी का…
अचम्म अचम्म अचम्म
नआएको ठाउँमा सिकाउनुको साटो
मलाई सजाय सुनाए
मान्छे बन्न स्कुल छिरेको मुर्गा बनाए
अचम्म
पुर्वीय संस्कारका हामी
सभ्यताको उदगम
हामी सबेरै बासेर उठाए पनि
आफू उठ्न नसकेका
पखेटा जति फट फटाए पनि
आफू उड्न नसकेका
आफू फोहोर चरेर पनि
अरुको मिठोका आहार बनेका
हो
कतिले सुत्केरीको नाममा हाम्रो टाउको काटे
कतिले रक्सीको ठाउमा हामी फिला बाटे
हो हामी केवल कठैबरा रहेछौं
आज बुझ्दै जादा
आज बुझ्दै जादा
आज बुझ्दै जादा
मलाई कक्षा एकमा मुर्गा बनाउने सरलाई
मेरा हेड सरले मुर्गा बनाउदा रहेछन्
मेरा हेड सरलाई मेरा बा ले
मेरा बालाई गाउँका नेताले
गाउँका नेतालाई जिल्ला
अनि जिल्लाका नेतालाई
केन्द्रका भालेहरुले मुर्गा बनाउदा रहेछन्
अनि केन्द्रका भालेहरुले कक् कक् कक् गरि
चरीरहेका बेला
छिमेकीहरु चारो हाल्छ्न
नेपाली पार्टी तथा छातासंगठनहरु
नेपाली जातका मुर्गा पाल्छ्न
हो
तपाई म हामी सबै
लोकल बोइलर भाले पोठी कोइलर
सारा मुर्गा बनिसकेऔं
र नेपाल एक पोल्टी फर्म
आज बुझ्दै जादा
आज बुझ्दै जादा
आज बुझ्दै जादा
ती कक्षा एकमा मलाई मुर्गा बनाउने सर
साचिकै दुरसर्शी थिए
मेरो भलो चाह्न्थे सदासदा
आज मैले यसरी पाइला पाइलामा
मुर्गा बन्नु पर्ने रहेछ र पो त
मुर्गा बनाएका रहेछन्
कुखुरी का…
करन सिंह ऐरी, धनगढी