अछाम: अछामको मंगलसेनमा हाइस दुर्घटना भएको छ। आज बिहान लु २ ख ६४८० नम्बरको हाइस सदरमुकाम मंगलसेन बसपार्क नजिकै दुर्घटना भएको हो।
चालक श्याम खत्रि घाइते भएका छन् उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकरी प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए।
हाइस सडकबाट करिब ५०० मिटर तल रुखमा अड्किएको हो ।गाडीमा अन्य यात्रु नरहेको प्रहरी निरीक्षक बिष्टले बताए।