काठमाडौं । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन टुट्नुमा कांग्रेस दोषी नभएको बताएका छन्।
प्रवक्ता महतले गठबन्धन टुट्नुको कारण नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको पनि बताए ।
कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाको भनाइहरु उद्धृत गर्दै सत्ता गुमेपनि पनि आफूहरु विचलित नभएको पनि उनले बताए । उनले भने, ‘हामीले विश्वासमा गठबन्धन अगाडि बढ्छ भनेका थियौं । कहिलेकाहीं हामीले आँकलन गरेको जस्तो हुँदैन । अहिलेको परिस्थितिबाट हामी विचलित हुने कुरा छैन । हामी फेरि बलियो भएर नै कमब्याक गर्छौं ।’
बूढानिलकण्ठको घर मर्मत भएपछि प्रधानमन्त्रीबाट हटेपछि कांग्रेसका सभापति देउवा धुम्बाराहीमा घर भाडामा लिएर बसेका छन् ।