धनगढी,२० पुस । सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा कमल शाह सर्वसम्मत चयन भएका छन् ।
१९ जना सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा काँग्रेसको संसदीय दलको नेतामा अन्तिम समयमा शाह सर्वसम्मत रूपमा चयन भएका हुन् ।
शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (१)बाट निर्वाचित भएका थिए ।