KhabarUjyalo

सुदूरपश्चिम प्रदेशमा २८ पुसमा सभामुखको निर्वाचन हुने

२० पुष २०७९, बुधबार
सुदूरपश्चिम प्रदेशमा २८ पुसमा सभामुखको निर्वाचन हुने

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयले बुधबार सूचना जारी गर्दै २८ पुसमा सभामुखको निर्वाचन हुने जानकारी दिएको छ ।


२७ गते बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजे सम्म सभामुखमा मनोनयन दर्ता गराउन सक्ने बताएको छ ।  

४ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने समय राखिएको छ भने २८ गते दिउँसो १ बजे प्रदेशसभा भवनमा सभामुख चयनका लागि मतदान हुनेछ । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo