KhabarUjyalo

घाँटी रेटि हत्या गरिएकी मायाको परिवारलाई आर्थिक सहयोग

२० पुष २०७९, बुधबार
घाँटी रेटि हत्या गरिएकी मायाको परिवारलाई आर्थिक सहयोग

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाले लुहारको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

घाँटी रेटि हत्या गरिएकी पञ्चेश्वर ४ फ्याउलेकी माया लुहारको परिवारलाई गाउँपालिकाले २ लाख ५० हजार आर्थिक सहयोग गरेको गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताइन् ।यसअघि घाइते नेहा लुहारको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेको पलिकाले अहिले २ लाख ५० हजार चेक हस्तान्त्रण गरेको उनले बताइन् ।

यस्तै गाउँपालिका उपाध्यक्ष बिना भट्ट, वडा अध्यक्ष र कर्मचारीहरुले व्याक्तिगत रुपमा संकलन गरेर ६३ हजार रुपैँया पीडित परिवारलाई हस्तान्त्रण गरिएको बताइएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo